कांग्रेसको विवाद सम्बन्धी रिटको सुनुवाई फागुन २७ गते हुने
काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी रिटको सुनुवाई फागुन २७ गतेका लागि तोकिएको छ ।
फागुन २७ गते कांग्रेसको विवाद सम्बन्धी रिटको सुनुवाई र त्यसपछि फैसला हुनेछ । नेपाली कांग्रेसको निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट परेको थियो ।
तत्कालीन महामन्त्री गगन थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशन भनेर भृकुटीमण्डपमा बोलाएको भेलाबाट पार्टी कब्जा गरेका थिए । पार्टी कब्जा गरेपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगमा निवेदन दिएको थियो । निवेदनको सुनुवाई नै नगरेर निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको थियो ।
गगन थापालाई कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्यबाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यसमिति न्यायका लागि सर्वोच्च अदालतमा गएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया