कांग्रेसको आमसभा भव्य बनाउने तरुणको निर्णय, तरुणहरू परिचालन गरिने
जनकपुर । नेपाल तरुण दलले फागुन २१ को चुनाव र नेपाली कांग्रेसले जनकपुरमा गर्न लागेको आमसभा भव्य बनाउने निर्णय गरेको छ ।
सोमबार जनकपुरमा बसेको तरुण दलको बैठकले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन प्रचार प्रसारमा विशेष जोड दिने निर्णय गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङको उपस्थितिमा तरुण दलका केन्द्रीय सदस्यहरू र मधेस प्रदेशका जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले फागुन ६ गते जनकपुरमा हुन लागेको कांग्रेसको आमसभालाई व्यवस्थित र भव्य बनाउने निर्णय गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।
तरुण दलका अध्यक्ष गुरुङले फागुन ६ गते हुन लागेको कांग्रेसको आमसभालाई भव्य बनाउन निर्णय गरिएको बताए । उनले तरुणहरूलाई गाउँगाउँसम्म परिचालन गर्न मातहतलाई निर्देशन दिएका छन् ।
फागुन २१ गते हुन लागेको चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई जिताउन प्रदेशको सम्पूर्ण तहहरूलाई परिचालन गर्न उनले निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमा पनि कांग्रेसविरुद्ध हुने गतिविधिलाई प्रतिवाद गर्न पनि तरुणहरूसँग आग्रह गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया