चुनावको बेला कांग्रेस नवलपरासीका कार्यालय सचिव सुवेदीद्वारा पार्टी परित्याग
बर्दघाट । नेपाल प्रेस युनियन, नवलपरासीका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस, नवलपरासीका कार्यालय सचिव पुरुषोत्तम सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
आइतबार प्रेस विज्ञप्ति जारी गरेर कार्यालय सचिव सुवेदीले कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । लामो समयदेखि पार्टी र शुभेच्छुक संस्थामा आबद्ध रहँदै आएका सुवेदीले पार्टी परित्याग गरेपछि नवलपरासी कांग्रेसलाई झट्का लागेको छ ।
उनले दुवै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा सुवेदीले पछिल्लो समय पार्टी पंक्तिबाट संस्थागत रूपमा कुनै अनुभूति हुन नसकेको उल्लेख गर्दै गहन सोंचविचारपछि आजैको मितिबाट लागू हुने गरी राजीनामा दिने निर्णयमा पुगेको जनाएका छन् ।
विज्ञप्तिमार्फत आफूलाई विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्ने अवसर दिने पार्टी नेतृत्व, संस्थागत सहकर्मी तथा शुभेच्छुकहरूप्रति उनले धन्यवाद ज्ञापन गरेका छन् ।
सुवेदी यसअघि नेपाल प्रेस युनियनबाटै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत बनेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया