लोमान्थाङका युवाहरु कांग्रेसमा प्रवेश, नेता थकालीद्वारा स्वागत
लोमान्थाङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका वडा नं. २ का युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार मुस्ताङमा आयोजित कार्यक्रममा कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले युवाहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन् । युवाहरु कांग्रेसमा प्रवेश गरेको विषयलाई कांग्रेसको पार्टी सदस्यता मात्र नभइ लोकतन्त्र, समावेशिता र मुस्ताङको उज्यालो भविष्यप्रतिको प्रतिबद्धता रहेको बताए ।
कार्यक्रममा पूर्वमन्त्री थकालीसहित गण्डकी प्रदेशसभा सदस्यहरू नाम्दु गुरुङ र बिकल शेरचन, प्रदेशसभा क्षेत्र नं. १ का सभापति टसी गुरुङ, पूर्व वडाध्यक्षहरु रिङजिङ दोर्जे बिष्ट, ङवाङ खेटुक गुरुङको उपस्थिति रहेको थियो ।
Published : Friday, 2026 February 6, 8:19 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया