सर्वोच्च अदालत जाने कांग्रेसका नेताहरूको कार्यक्रम स्थगित
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरेका छन् ।
बिहीबार कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत गएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गर्ने कार्यक्रम थियो । कांग्रेसका निवर्तमान सांसदहरूले तत्कालका लागि सर्वोच्च जाने कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
प्रधानन्यायाधीश राउतको समय नमिलेका कारण आज बिहीबार सर्वोच्च जाने कांग्रेसका नेताहरूको कार्यक्रम स्थगित भएको निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन् ।
कांग्रेसले सूचना जारी गरेर विशेष कारणले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको उल्लेख छ । ‘डिलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका नेता घिमिरेले प्रधानन्यायाधीश राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको बताए ।
यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बने सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनःस्थापनाका लागि रिट दायर गरेका छन् । सर्वोच्चले रिटको सुनुवाइ सुरू गरेको छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया