बारामा आमा र छोराको हत्या, ३ जना घाइते
वीरगञ्ज । बारा जिल्लामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको छ ।
बुधबार बिहान ३ बजे परवानीपुर गाउँपालिका वडा नं. १ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको प्रहरीले जनाएको छ । बुवा जगरुक मण्डल गम्भीर घाइते छन् । जागरुक मण्डलसहित तीनजना घाइते भएका छन् ।
एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् । घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।
Published : Wednesday, 2026 January 28, 10:41 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया