रास्वपाको अन्यायमा परेकी ल्हाजोम प्रत्यक्षबाट उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीबाट नाम हटाएइकी युवा नेतृ टासी ल्हाजोम हुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन्।
फागुन २१ गते हुने निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गरेकी हुन् । उनलाई प्रत्यक्ष उम्मेदवार बनाउन हुम्लाको पार्टी पङ्क्ति नै धर्ना समेत बसेको थियो।
पार्टी हुम्लाको दबाबका कारण उनले उम्मेदवारी दर्ताको दिन मात्रै टिकट पाएकी थिइन्। जलवायु अभियन्ताको छवि पाएकी टासी यसअघि मन्त्री बन्ने चर्चामा थिइन्।
त्यतिबेला मन्त्री बन्न रोकिएकी टासी पार्टीको आन्तरिक प्रतिस्पर्धा, चुनावमार्फत समानुपातिक बन्दसूचीमा परेकी थिइन्। पार्टीले उनको नाम झिकिदिएको थियो।
Published : Thursday, 2026 January 22, 9:01 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया