कांग्रेस नेता डा.महतद्वारा नुवाकोट १ मा मनोनयन दर्ता
नुवाकोट । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नुवाकोट क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन् ।
मंगलबार क्षेत्र नं. १ को निर्वाचन कार्यालयमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूसहित पुगेर नेता डा.महतले प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रवक्ता समेत रहेका नेता डा.महतले नुवाकोट क्षेत्र नं. १ का मतदाताहरूप्रति विश्वास रहेको भन्दै मतदान गर्न अपील गरेका छन् । उनले कांग्रेस एकजुट बनेर निर्वाचनमा होमिनु पर्ने बताएका छन् ।
पार्टीभित्रको मनमुटावलाई निर्वाचनका बेला थाँती राखेर विपक्षी दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्ने समय आएको नेता डा.महतले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया