टिकट बितरणको बैठक र प्रकृयामा सहभागी छैन, जानकारी पनि छैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरणका विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।
सोमबार साँझ कार्यबाहक सभापति खड्काले सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रको टिकट वितरणका सम्बन्धमा भएका बैठक र प्रक्रियामा सहभागी नभएको बताए । उनले टिकट वितरणका सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताएका हुन् ।
खड्काले भने, ‘पार्टीका आदर्णीय साथीहरू, जय नेपाल । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट बितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रकृयामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारी समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु । कसैमा भ्रम नरहोस् ।’
खड्काले नेपाली कांग्रेसलाई निर्वाचन आयोगले विधान र संविधान उल्लंघन हुने गरेर अर्को पक्षलाई आधिकारिकता दिएपछि आयोगको निर्णय खारेज गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरिएको बताएका छन् । उनले रिट फिर्ता नभएको र मंगलबार पेसी भइ सुनुवाई हुने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया