सभापति देउवासँग गगन–विश्वहरूले भेट गरेका छैनन् : निजी सचिवालय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेको समूहले भेट गरेको भनेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भ्रामक सूचनाहरू प्रकाशित भएपछि निजी सचिवालयले आपत्ति जनाएको छ ।
शनिबार साँझ रिपब्लिका दैनिकसँगको कुराकानीमा निजी सचिलालयले सभापति देउवाले अर्को दलका कुनै पनि नेताहरूसँग भेट नगरेको जनाएको छ ।
गगन थापा, विश्वप्रकाश शर्मा र गुरुराज घिमिरेद्वारा सभापति देउवालाई भेट गरेको भन्ने समाचार तथा सूचनाहरू भ्रामक रहेको सचिवालयले जनाएको हो ।
सभापति देउवाले भेट्दै नभेटेको र गर्दै नगरेका विषयहरूलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा प्रकाशित गरेर भ्रम नफैलाउन सचिवालयले अनुरोध गरेको छ । समाचार वा सूचना प्रकाशित गर्दा सत्य तथ्य विषयहरू बुझेर प्रकाशित गर्न निजी सचिवालयले आग्रह गरेको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसलाई हाइज्याकरहरूको पोल्टामा पारिदिएपछि केही समूह र तत्वले नेता तथा कार्यकर्ताहरूमा भ्रम फैलाउन विभिन्न फण्डा गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया