कांग्रेसलाई हाइज्याक हुनबाट बचाउन र खबरदारी गर्न तरुण दलद्वारा आयोग अगाडि सयौंको संख्यामा प्रदर्शन
काठमाडौं । नेपाल तरुण दलले निर्वाचन आयोगको कार्यालय अगाडि भव्य प्रदर्शन गरेको छ ।
गगन थापा र विश्वप्रकाश शर्माको समूहले नेपाली कांग्रेसलाई हाइज्याक गर्न खोजेपछि तरुण दलले आयोग अगाडि प्रदर्शन गरेको हो । शुक्रबार बिहानैदेखि तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा सैयौंको संख्यामा जम्मा भएका तरुणहरूले नाराबाजी गरिरहेका छन् ।
तरुणहरूले ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘अरु हामी जान्दैनौं गगन–विश्व मान्दैनौं’, ‘संविधान अनुसार निर्णय गर’, ‘शेरबहादुर देउवा जिन्दावाद’ जस्ता नारा लगाएका छन् ।
तरुण दलले कांग्रेसलाई हाइज्याक हुनबाट बचाउन निर्वाचन आयोगको कार्यालय अगाडि मूल सडकमा प्रदर्शन गरेपछि सुरक्षा अवस्था मजबुद बनाइएको छ ।
Published : Friday, 2026 January 16, 5:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया