अहिले कसैलाई तिक्तता गरेर आवेग र उत्तेजनामा ल्याउने काम गर्नु हुँदैन : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले महाधिवेशन प्रतिनिधिसहितका नेताहरूले बुद्धिमतापूर्ण निर्णय गर्न सकिएन भने पश्चाताप गर्ने गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भने, ‘पश्चाताप गर्ने अवस्था सिर्जना नहोस् । सबैलाई अनुरोध गर्न चाहन्छु ।’
उनले भने, ‘पार्टी एक भएर हिँडोस् । मैले व्यक्तिगत के पद पाउँछु ? भन्दा पनि मुलुकले के पाउँछ ? हाम्रो कमजोरीले भन्ने कुरामा सबैको ध्यान जान जरुरी छ ।’
‘बरु हामी जस्तो प्रकारको त्याग गर्न तयार छौँ । तर, पार्टी एकताबद्ध भएर लाग्नुपर्छ,’ खतिवडाले भने, ‘पार्टी एक बनाउन सभापति, कार्यबाहक सभापति, उपसभापति, महामन्त्री पनि एक भएर लाग्नुपर्छ ।’
नेता खतिवडाले भने, ‘अहिले कसैलाई तिक्तता गरेर आवेगमा उत्तेजनामा ल्याउने काम पनि हामीले गर्नु हुँदैन । जुनै साथीहरू चाहे संस्थापन, चाहे अरु पक्षले पनि हाम्रो चाहना पार्टी एकता हो । देशभरिका कार्यकार्ताको चाहना त्यही छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया