राजनीतिक विश्लेषक त्रिपाठीद्वारा गगनलाई सोभियत युनियन बिघठन गर्ने गोर्बाचोभसँग तुलना
काठमाडौं । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई सोभियत युनियन बिघठन गर्ने गोर्बाचोभसँग तुलना गरेका छन् ।
पार्टीको विधान विपरीत महामन्त्री थापाले कांग्रेसको अबैधानिक विशेष महाधिवेशन बोलाएपछि राजनीतिक विश्लेषक त्रिपाठीले सामाजिक सञ्जालमा नाम उल्लेख नगरेर थापालाई कांग्रेसको गोर्बाचोभ भनेर टिप्पणी गरेका हुन् ।
राजनीतिक विश्लेषक त्रिपाठीले आइतबार लेखेका छन्, ‘गोर्बाचोभलाई विद्यार्थी कालदेखि नै डीपस्टेटले प्रमोट गर्दै लगेर अन्ततः देश बिघटनसम्म पुर्याएको थियो । नेपाली कांग्रेसको गोर्बाचोभ को होला ? जसले कांग्रेस बिघटनको मिसन पूरा गर्दैछन् ।’
महामन्त्री थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बहानामा अबैधानिक भेला बोलाएर कांग्रेसलाई विभाजन गर्न लागेका छन् । कांग्रेसलाई विभाजन गर्न लागेपछि कांग्रेसप्रति शुभेच्छा राख्नेहरूले महामन्त्रीद्वय थापा र शर्माका गतिविधिहरूप्रति चिन्ता जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया