राष्ट्रपतिको सल्लाहकार हुँ भन्दै गगनको अबैधानिक भेलामा सहभागी हुन निर्देशन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा बसेर केही सल्लाहकार हुँ भन्नेहरूले व्यक्तिगत रुपमा फोन गरेर विशेष महाधिवेशनका नाममा हुन लागेको भेलामा सहभागी हुन आग्रह गरेको खुलासा भएको छ ।
राष्ट्रपति पौडेल विशेष महाधिवेशनको नाममा हुन लागेको भेलाको पक्षमा छैनन् । तर, पौडेलको सचिवालयमा बसेका केही व्यक्तिहरू महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक गतिविधिमा साथ दिएको आरोप लागेको छ ।
नेपाली कांग्रेसको नामबाट पटक पटक ती सल्लाहकारले राज्यका विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू खाँदै आएका छन् । उनले कांग्रेसलाई फुट्नबाट बचाउन भन्दा पनि शीतल निवासमा बसेर राष्ट्रपति पौडेललाई विवादमा तान्ने गरी फुटाउने गतिविधि गरिरहेको आरोप लागेको छ ।
महामन्त्री थापा र शर्माले विधानले नदिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशनको नाममा भेला बोलाएका छन् । भेलाबाट महामन्त्री थापाले आफूलाई सभापति घोषणा गरेर कांग्रेस विभाजन गर्न लागेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया