निधि र पार्टी कार्यालयमा हमला गराएको विरोधमा गगनविरुद्ध कार्यकर्ताहरूद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं । पार्टी कार्यालय, सानेपामा हमला गराएको तथा नेता विमलेन्द्र निधिलाई दुर्व्यवहार भएको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले महामन्त्री गगनकुमार थापाविरुद्ध प्रदर्शन गरेका छन् ।
मंगलबार साँझ कांग्रेसका कार्यकर्ताहरूले काठमाडौंको कोटेश्वर चोकमा थापाविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले थापाको पुत्ला जलाउनुका साथै नारबाजी गरेका छन् ।
कांग्रेसका नेता निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा प्रदर्शनकारीहरूको समूहले कोटेश्वर चोकमा भेला भएर महामन्त्री थापाको विरोध गरेका हुन् ।
निधिमाथि भएको भनिएको दुर्व्यवहारलाई लिएर उनीहरूले चर्को नाराबाजीसहित थापाको विरोध गरेका छन् ।
गगन थापाका समर्थकहरूले नेता निधिलाई अपशब्द प्रयोग गरेको भिडियोमा सुन्न सकिन्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया