विशेष महाधिवेशन औचित्यहीन भन्दै रुपन्देहीका महाधिवेशन प्रतिनिधिहरूद्वारा हस्ताक्षर फिर्ता
काठमाडौं । नेपाली कांग्रेस, रुपन्देहीका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको सान्दर्भिकता समाप्त भएको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर उनीहरूले नियमित महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय भइसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । उनीहरूको यो निर्णयले विशेष महाधिवेशनको विषय औचित्यहीन बन्दै गएको छ ।
हस्ताक्षर फिर्ता लिनेहरूमा हरिबहादुर आचार्य क्षेत्री, सन्तप्रसाद चौधरी र नारायाप्रसाद पुन रहेका छन् । उनीहरूलाई महामन्त्री गगनकुमार थापा निकटका नेताहरू झुक्काएर हस्ताक्षर गराएका थिए ।



Published : Monday, 2026 January 5, 6:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया