जेनजी बनेर धम्काउँदै हिँड्ने पटके फरार अभियुक्त काठमाडौंमा पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी तथा अपराधिक विश्वासघात र बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी २६ वर्षीय अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको छ ।
परिसरका एसपी पवनकुमार भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको उल्लेख छ । शाही अछामको पञ्जदेव विनायक नगरपालिका वडा नं. ४ घर भइ हाल काठमाडौंको रानीपोखरीमा बस्दै आएका छन् ।
पक्राउ परेका शाही उपर विभिन्न मितिमा यसअघि समेत विभिन्न मुद्दादर्ता भएको देखिन आएको एसपी भट्टराईले बताएका छन् । शाहीले आफूलाई जेनजीको नेता भनेर हाइलेबलका कर्मचारी र व्यक्तिहरूलाई धम्काउँदै आएका थिए । उनीविरुद्ध ठगी लगायत विभिन्न अपराधका धेरै मुद्दाहरू प्रहरीमा दर्ता छन् ।

Published : Saturday, 2026 January 3, 1:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया