लमहीको रोयल प्यालेस होटलमा पेस्तोल पड्कियो, सिसम गौतम घाइते
लमही । दाङको देउखुरीस्थित लमही बजारमा पेस्तोल पड्किंदा एकजना घाइते भएका छन् ।
शनिबार बिहान पौने ११ बजे पेस्तोल पड्किएको हो । पेस्तोल पड्किंदा घाइते हुनेमा लमहीको रातोडाँडास्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षीय सिसम गौतम रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखेको पेस्तोल निकाल्दा पड्किएर गौतमको औलामा चोट लागेको छ । उनको अवस्था सामान्य छ । डीएसपी शाहले भने, ‘होटलमा सफा गर्ने क्रममा पेस्तोल पड्किएर एकजना घाइते हुनुभएको छ । उहाँ डिस्चार्ज भइसक्नुभएको छ ।’
घटनास्थलमा वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया