कांग्रेस केन्द्रीय सदस्य भण्डारी तनहुँका दुबै क्षेत्रबाट सिफारिस
दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी तनहुँको दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।
तनहुँको क्षेत्र नं. १ र २ का क्षेत्रीय कार्यसमितिहरूले नेता भण्डारीलाई फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेका हुन् ।
नेता भण्डारी पहिलो संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचन जितेका थिए । पछिल्लो दुई वटा निर्वाचनमा भण्डारीले तनहुँ क्षेत्र नं. २ बाट प्रतिस्पर्धा गरेका छन् ।
तनहुँ क्षेत्र नं. २ बाट दुई पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका भण्डारीले पछिल्लो निर्वाचनमा जित हात पारेका थिए ।
तत्कालीन समयमा कांग्रेसको तर्फबाट हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं. १ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । पौडेल क्षेत्र नं. १ मा उम्मेदवार बनेपछि भण्डारीलाई क्षेत्र नं. २ मा पठाइएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया