एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने
सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ ।
बुधबार नवलपरासीको सुनवलमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, नेपालका लागि अमेरिकन राजदूत डिन आर. थम्पसन निर्माणको शुरुवात गरेका हुन् । कार्यक्रममा एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को र एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको समेत उपस्थिति रहेको थियो ।
यो उपलब्धिले नेपालका प्रमुख ऊर्जा पूर्वाधारको निर्माण अब योजनाबाट कार्यान्वयनतर्फ अघि बढेको संकेत गरेको सहभागीहरूले बताएका छन् ।
यसले नेपालमा विद्युत प्रशारण क्षमता र क्षेत्रीय सञ्जाल सुदृढ बनाउने अपेक्षा लिइएको कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रमले अमेरिका र नेपाल दुवै सरकारहरूको एमसीसी नेपाल कम्प्याक्ट समयमै सम्पन्न गर्ने प्रतिबद्धतालाई पुनः जोड दिएका छन् ।
नेपाल–भारत सीमा पार प्रशारण लाइनको निर्माणले दुई देशबीच ऊर्जा व्यापारलाई अझ विस्तार गर्नेछ । क्षेत्रीय आर्थिक वृद्धिमा सहयोग गर्नेछ ।
अमेरिकन राजदूत थम्पसनले यो परियोजना नेपाल र अमेरिकाबीचको बलियो साझेदारीको प्रमाण भएको बताए । उनले दुवै देशले साझा समृद्ध भविष्यको दृष्टिकोण राखेको बताएका छन् ।
अमेरिका नेपाललाई भरपर्दो ऊर्जा प्रणाली निर्माण, क्षेत्रीय व्यापार विस्तार र नेपाली जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सहकार्य गर्न प्रतिबद्ध रहेको राजदूत थम्पसनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया