बारा र प्यूठानका दुई युवाहरू काठमाडौंमा पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ स्थायी वतन भइ हाल ललितपुर महानगरपालिका वडा नं. ४ बस्ने ३१ वर्षीय मनोहर चौधरीलाई पक्राउ गरेको शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
चौधरीले यूके पठाइदिन्छु भनेर ८ लाख ५० हजार लिएर सम्पर्क बिहीन भएका थिए । चौधरीलाई प्रहरीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको थियो ।
उता, प्यूठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ४ स्थायी वतन भइ हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय मेघराज सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सुनारले अष्ट्रेलिया पठाइदिन्छु भनेर२८ लाख रुपियाँ लिएर सम्पर्क बिहीन भएका थिए । खोजतलासका क्रममा सुनारलाई प्रहरले काठमाडौं महानगरपालिका वडा नं. २९ बाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
चौधरी र सुनारले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देशमा लैजाने भन्दै लामो समयदेखि ठगी गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया