जेनजी प्रदर्शनका बेला जेल फोडेर फरार दुई कैदी बन्दी काठमाडौंमा पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले जेनजी प्रदर्शनका बेला कारागारबाट फरार दुई कैदीबन्दीहरूलाई पक्राउ गरेको छ ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवल, काठमाडौंबाट फरार डाँका, चोरी मुद्दाका कैदी ३२ वर्षीय सुजन रसाइलीलाई पक्राउ गरिएको सूचना अधिकारी समेत रहेका एसपी पवनकुमार भट्टराईले बताएका छन् ।
सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका रसाइलीलाई काठमाडौं महानगरपालिका वडा नं. ६ आरुबारी, सिमलटारबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनको क्रममा कारागार कार्यालय, भीमफेदी, मकवानपुरबाट पर्खाल भत्काई फरार लागुऔषध मुद्दाका कैदी २५ वर्षीय विष्णुलाल थिङलाई पनि काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ घर भएको थिङलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ ग्रिनहिलसिटीबाट पक्राउ गरिएको एसपी भट्टराईले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया