बालेनका साथी भिक्टरले खेलकुदमन्त्री बनाउन बब्लुसँग दुई करोड लिएको खुलासा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बन्न बब्लु गुप्ताले भिक्टर पौडेललाई दुई करोड बुझाएको दाबी गरेका छन् ।
आइताबर बिहान काठमाडौंमा भूमिहीन, सुकुम्बासीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले सोसल मिडियाबाट सुशासनका कुरा गर्ने बालेनहरूले मन्त्री पद बिक्री गरेको बताए ।
प्रसाईंले भने, ‘अहिले मैले सुनेको बब्लु गुप्ताले मन्त्री हुँदाखेरी भिक्टर पौडेललाई दुई करोड रुपियाँ पैसा बुझाएको अरे । यहाँ मन्त्री पद किन बेच हुँदैछ ।’
‘आज बालेनले के गरेको छ ? होर्डिङ बोर्डका नाममा आफ्ना मान्छेहरूलाई, भुइँमा ओछ्याउने नाममा आफ्ना मान्छेलाई,’ उनले भने, ‘अनि यिनीहरू सोसल मिडियामा सुशासनको कुरा गर्छन् ।’
‘अब यिनीहरू सबैको अन्त्य हुनको लागि पूर्वबाट माता पाथीभराले दुर्गा प्रसाईं पठाएको हो । तपाईहरूको रक्षा गर्नको लागि,’ प्रसाईंले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया