भदौ २३ र २४ गते भएको व्यक्तिगत सम्पत्तिमाथीको आक्रमण आतंकवादको नमूना हो : आईजीपी खापुङ्ग
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा व्यक्तिगत सम्पत्ति माथि भएको आक्रमणलाई आतंकवादको शुरुवात भनेर टिप्पणी गरेका छन् ।
बिहीबार राति ईमेज टेलिभिजनसँगको अन्तर्वार्तामा आईजीपी खापुङ्गले आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण हुनु भनेको आतंकवादको नमूना भएको बताए ।
उनले भने, ‘व्यक्तिगत सम्पत्तिको कुरा छ नी ! राजनीतिक प्रदर्शनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको त्यो चाहिँ आतंकवादको नमूना हो । आतंकवाद हो की भन्ने महसुस हुन्छ ।’
‘तपाईको घर सुरक्षित छैन । मेरो सुरक्षित छैन भने आतंकवादको शुरुवात हो जस्तो देखिन्छ,’ आईजीपी खापुङ्गले भने, ‘भोलि यहि क्रम रेगुलर रहने हो भनेदेखि हामीले पक्राउ गरेर कारबाही गर्दै जाने, प्रदर्शन हुँदै जाने । सोसल मिडियाहरूबाट मान्छेको दिमागमा बारुद भर्दै जाने के हुन्छ ? यो देश रहन्छ ? हामी रहन्छौँ ? समाज रहन्छ ? त्यस कारण हामी शान्त रहेर देशलाई सबैभन्दा अगाडि राखेर निर्णय गर्नुपर्छ ।’
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिमा व्यक्तिका घर र सम्पत्तिमाथि ध्वंश भएको थियो । सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरूमा आगजनी भएको थियो । कान्तिपुर पब्लिकेशन, भाटभटेनीका साथै विभिन्न व्यक्तिगत भौतिक संरचना र सम्पत्तिमाथि आक्रमण तथा लुटपाट र चोरी, डकैती भएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया