भदौ २४ गते प्रहरीको हतियार लुटेर लैजाने धमला पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले काठमाडौंको तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित शिवराज धमलालाई पक्राउ गरेको छ ।
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का निवासी धमलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । धमला सेयरिङ राइडर रहेको खुलेको प्रहरीले बताएको छ ।
धमलाबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
बरामद भएका हतियारहरू भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ ।
जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए । ५ सयभन्दा बढी हतियार अझै बेपत्ता छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया