सिंहदरबार, संसद् भवन र प्रहरी वृत्त जलाउन संलग्न शिवम् चौधरीलाई पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा र आसपासका क्षेत्रमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १८ वर्षीय शिवम् चौधरी यादवलाई पक्राउ गरेको छ ।
धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्दै आएका शिवमलाई पक्राउ गरेको मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शिवमले सिंहदरबार, संसद् भवन र प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधन तोडफोड र आगजनी गरेका थिए । शिवमले प्रहरीको युनिफर्म र ट्राफिक पुलिसको ह्वील लक समेत लुटेर दुरुपयोग गरेको खुलेको छ ।
भिडियो प्रमाणअनुसार उनले सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको र भिडलाई आक्रमणका लागि उत्तेजित गर्ने अभिव्यक्ति दिएको पनि खुलेको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया