हटौँडामा ठूलो रकमसहित ११ जना जुवाडे पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिक सोही ठाउँ बस्ने ३५ वर्षीय हीरालाल मोक्तानले संचालन गरेको खाजा घरमा शुक्रबार साँझ प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६ हजार ३ सय १० रूपियाँ र ११ बुक तास सहित पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Saturday, 2025 October 18, 8:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया