वीरगञ्जको होटलमा दुई भारतीय नागरिक मृत फेला
वीरगञ्ज । पर्साको वीरगञ्ज, भानुचोकस्थित एक होटलमा दुई जना भारतीय नागरिक मृत फेला परेका छन् ।
होटल शाह पाराडाइजमा पश्चिम भुवनम बस्ने ६७ वर्षीय सजल अचार्जी र २४ वर्षीय सागर अचार्जी मृत भेटिएका हुन् । पश्चिम भुवनम भारतको त्रिपुरा राज्यको पश्चिम त्रिपुरा जिल्लामा पर्ने एउटा गाउँ हो ।
उनीहरूले होटलमा पेस गरिएको विवरण अनुसार उनीहरू बाबुछोरा हुन् । होटल सञ्चालक भरत शाहका अनुसार अचार्जी बाबुछोरा असोज १९ गतेदेखि होटलमा बसिरहेका थिए ।
उनीहरू काठमाडौंबाट आएका थिए । कलकत्ता जाने तयारीमा थिए । सोमबार दिउँसो कोठामै खाना मगाएर खाएका उनीहरूले त्यसपछि खाना मगाएका थिएनन् ।
खाना खान नआएपछि होटल प्रशासनले उनीहरूको खोजी सुरू गरेको थियो । कोठामा भित्रबाट चुकुल लगाएका उनीहरू लामो समय बाहिर नआएपछि प्रहरीलाई खबर गरिएको थियो ।
अर्को कोठाको भेन्टिलेसनबाट चिहाएर हेर्दा एक जना झुन्डिएको र एक जना खाटमा उत्तानो परेर सुतेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया