एआईजी कार्कीद्वारा काठमाडौं उपत्यकाभित्रका सबै प्रहरी युनिटलाई काममा फर्किन निर्देशन
काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख (एआईवी) दानबहादुर कार्कीले मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन दिएका छन् ।
एआईजी कार्कीले उपत्यकाभरिका विभिन्न युनिटमा कार्यरत सिनियर अफिसरलाई दिएको निर्देशनअनुसार, सबैजसो कार्यालयका भौतिक संरचना ध्वस्त भएका कारण आएका सबै मुद्दा सम्बन्धित जिल्ला प्रहरी परिसरबाट चलाउन भनेका हुन् ।
कार्कीले प्रहरीका सवारी साधनहरू समेत आगजनीमा परेका अवस्थासमेत, आम नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्नु नै प्राथमिक जिम्मेवारी भएको बताएका छन् । सबै सुरक्षाकर्मीहरूलाई आफ्नो कर्तव्यबाट पछि नहट्न उनले निर्देशन दिएका छन् ।
एआईजी कार्कीले कार्यालय सरसफाई गर्दै कार्यालय, मेस र व्यारेकलाई छिट्टै सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । कार्यालय सरसफाईमा स्रोत साधनको अभाव भएमा नागरिक र स्थानीय संघसंस्थासँग समन्वय गर्न उनले निर्देशन दिएका हुन् ।
ड्युटी छोडेर गएका प्रहरीलाई फिर्ता ल्याउँदै काममा लगाउन कार्कीले निर्देशन दिएका छन् । उनको निर्देशनअनुसार, सबै प्रहरी इकाइहरूलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न भनिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया