सल्यानका डाँगी र दैलेखका मल्ल पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने सल्यानको बागचौर नगरपालिका–९ घर भएका ३५ वर्षीय रमेशराज डाँगी र भक्तपुरको सूर्यबिनायक नगरपालिका–६ बस्ने दैलेखको नौमुले गाउँपालिका–२ घर भएका २४ वर्षीय खगेन्द्र मल्ल रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका मध्ये रमेशराजले इटाली पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख ८५ हजार रूपियाँ र खगेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले रमेशराजलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार र खगेन्द्रलाई भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बाट मंगलबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरूमध्ये रमेशराजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । खगेन्द्रलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया