अभिनेत्री रान्या रावलाई १ सय २ करोड जरिवाना
नयाँ दिल्ली । भारतको कन्नड फिल्म अभिनेत्री रान्या रावलाई राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले १ सय २ करोड भारतीय रुपियाँ जरिवाना गरेको छ ।
अभिनेत्री राव सुन तस्करी प्रकरणमा परेकी थिइन् । डीआरआईले सह–अभियुक्त तरुण कोंडाराजुलाई ६३ करोड रुपियाँ जरिवाना गरेको छ । ज्वेलर्स साहिल सकरिया जैन र भरतकुमार जैनलाई ५६÷५६ करोड रुपियाँ जरिवाना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मंगलबार डीआरआईका कर्मचारीहरूले बेंगलुरु केन्द्रीय कारागार पुगे र प्रत्येक अभियुक्तलाई जरिवानाबारे जानकारी गराएका छन् ।
मार्च ३ मा दुबईबाट फर्कने क्रममा रान्या राव सुनसहित पक्राउ परेकी थिइन् । रावलाई एक वर्षको जेल सजाय सुनाइएको थियो । विदेशी मुद्रा संरक्षण र तस्करी गतिविधि रोकथाम ऐन अन्तर्गत रावलाई सजाय सुनाइएको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया