गिरोहका नाइके भण्डारीलाई ब्यूरोद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले मिर्गाैला बिक्रीमा संलग्न गिरोहका नाइके ३८ वर्षीय श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको छ ।
ब्यूरोले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ घर भएका भण्डारीलाई पक्राउ गरेको जनाएको छ । भारतीय आधारकार्डसमेत बनाएर भण्डारीले तीन वर्षदेखि नयाँदिल्लीमा बस्दै आएका थिए ।
सोझा र आर्थिक अवस्था कमजोर भएका नेपालीलाई फकाएर भारतमा लगी भण्डारीकै नेतृत्वको गिरोहले मिर्गाैला बिक्री गर्दै आएको ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले बताएका छन् ।
सोधपुछको क्रममा भण्डारीले २५ जनाको मिर्गाैला झिक्न लगाई पैसा लिएको प्रारम्भीक बयान दिएको एसएसपी पंगेनीले बताएका छन् । भण्डारीले एक सयभन्दा धेरै मानिसको मिर्गाैला बिक्री गरिसकेको अनुसन्धानका क्रममा खुल्न आएको एसएसपी पंगेनीले बताए ।
भण्डारी र उनको गिरोहले पीडित व्यक्तिहरूलाई ६ लाख दिने भनेर लैजाने र कतिपयलाई त्यो पैसा पनि नदिने गरेको प्रहरीले जनाएको छ ।
भण्डारीका सहयोगी सिन्धुपाल्चोकको इन्द्रावती–२ का सुजन भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसअघि साउन २० गते पक्राउ परेका राकेश नेपाली, समीर नेपाली तथा राजकुमार नेपालीलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा भण्डारीको समूह पत्ता लागेको हो ।
प्रहरीले भण्डारीलाई कञ्चनपुर तथा भारतीलाई वीरगञ्जमा पक्राउ गरिएको भनेर सार्वजनिक गरेको छ । सो गिरोहविरुद्ध पाँचजनाले प्रहरीमा जाहेरी दिइसकेका छन् ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया