दुई मन्त्री फिर्ता गरेर यी दुईलाई शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह, अन्यथा सरकार छाड्ने
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना दुई मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू बनाउने प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको छ ।
जसपाबाट खानेपानीमन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी छन् । उनीहरूलाई फिर्ता बोलाएर जसपाका अध्यक्ष राईले नयाँ मन्त्री पठाउन लागेका छन् । अध्यक्ष राईले प्रधानमन्त्री ओलीसँग २÷३ पटकसम्म भेट गरेर मन्त्रीद्वय यादव र सुडीलाई फिर्ता गरेर नयाँ दुई मन्त्रीलाई शपथ गराउन अनुरोध गरिसकेको स्रोतले जनाएको छ ।
अध्यक्ष राईले आफ्ना दुई नयाँ मन्त्रीलाई शपथ नगराएमा सरकारमा नबस्नेसम्मको चेतावनी दिएको बुझिएको छ । जसपामा एक÷एक वर्षमा मन्त्री परिवर्तन गर्ने आन्तरिक सहमति थियो ।
अध्यक्ष राईले खानेपानीमन्त्रीमा वीरेन्द्र महतोलाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रञ्जु ठाकुरलाई बनाउन प्रधानमन्त्री ओलीलाई नाम दिइसकेको बुझिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया