उदयटारीमा गोमाको हत्या अभियोगमा महेन्द्रलाई पक्राउ
नवलपुर । पत्नी हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालय, नवलपुरले ५० वर्षीय महेन्द्र पौडेललाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेको अभियोगमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारी बस्ने महेन्द्र पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
घरायसी विषयलाई लिएर महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Friday, 2025 August 15, 8:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया