सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा.चौलागाईं नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्रधिकरणको विज्ञ सदस्यमा डा. रमेश चौलागाईं नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले डा.चौलागाईंलाई सदस्य नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्वउपनिर्देशक डा.चौलागाईं सहकारी क्षेत्रका विज्ञ हुन् ।
प्राधिकरण अध्यक्ष तथा विज्ञ सदस्य नियुक्त सिफारिस समितिले डा.चौलागाईसँगै नारायणप्रसाद पौडेल र सहदेव बस्नेतलाई सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले पठाएका ३ मध्ये डा.चौलागाईंलाई विज्ञ सदस्य नियुक्त गरेको छ ।
डा.चौलागाईंको नियुक्तिसँगै प्रधिकरणले पूर्णता पाएको छ । जटिल बन्दै आएको सहकारीलाई नियमनको दायराभित्र ल्याउन सरकारले प्राधिकरण गठन गरेको थियो ।
Published : Tuesday, 2025 August 12, 8:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया