निगमद्वारा न्यारोबडी जहाजको ५३ करोड ९ लाख ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ ।
बिहीबार निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाईडबडी जहाजको आंशिक गरी असार मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ ऋण भुक्तानी गरिएको जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी मिति २०८२ असार ३२ गते जम्मा त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रकम भुक्तानी गरेको छ ।
निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपियाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया