सुनसरीमा भिनाजुद्वारा १८ वर्षीया किशोरीको गोली हानेर हत्या
इटहरी । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ६ मा गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको छ ।
सोमबार बिहान १ बजे हरिनगर गाउँपालिका वडा नं. ६ घुस्कीमा गोली प्रहार गरी खातुनको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा खातुनलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।
भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले खातुनको टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागेपछि खातुनको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा एउटा खोका फेला परेको छ ।
गोली हानेर मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको एसपी तिम्सिनाले जानकारी दिएका छन् ।
गोली प्रहारको कारण खुलिनसकेको एसपी तिम्सिनाले बताएका छन् । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया