बाघको छालासहित देउखुरीबाट ३ जना कारोबारी र तस्करहरू पक्राउ

मसुरिया । जिल्ला प्रहरी कार्यालय, दाङले वन्यजन्तु बाघको छाला (ओखेटोपहार) सहित ३ जना मानिसलाई पक्राउ गरेको छ ।
आइतबार दाङको देउखुरी, लमही नगरपालिका अन्तर्गत वडा एरियामा वन्यजन्तु बाघको छाला (ओखेटोपहार)को अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापामारेर ३ जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यलय, लमहीकाका ईन्स्पेक्टर रोशनराज पाण्डेयको कमाण्डमा खटिएको टोलीले आइतबार बिहानको २ बजे दाङको गढवा गाउँपालिका वडा नं. ६ खवरीगाउँस्थित सोही ठाउँमा बस्ने वर्ष ४१ को बिक्रम बुढा मगरको घरमा लुकिछिपी वन्यजन्तु बाघको छाला (ओखेटोपहार)को अवैध कारोबार गरिरहेकै अवस्थामा बिक्रम बुढा मगरसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा दाङकै राजपुर गाउँपालिका वडा नं.१ गुरुङखोला बस्ने वर्ष ५३ को केशवराज सेन ठकुरी तथा बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.४ पदनाह बस्ने वर्ष ३३ को अनिल थारु रहेका छन् ।
बिक्रम बुढा मगरको घरकोठाको रितपूर्वक खानतलासी गर्दा सोही घरको माथि तलामा रातो रंगको प्लाष्टिकको जेब्रा झोलाभित्र लुकाई छिपाई राखेको शिरदेखि पुछरसम्म ९ फिट २ ईञ्च लम्वाई ३ फिट २ इञ्च चौडाइँ भएको पाटे बाघको छाला (ओखेटोपहार) थान–१ फेला पारी बरामद गरि उक्त कारोबारमा संलग्न तीन जना व्यक्तिहरूलाई पक्राउ गरि अनुसन्धान कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया