नक्साल बस्ने युवकद्वारा भक्तपुरमा महिलालाई करणी

काठमाडौं । भक्तपुरमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नक्साल बस्ने सिन्धुलीको दुधौली नगरपालिका–१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको अभियोग लागेको छ । महिलाको उजुरीको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2025 July 6, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया