विराटनगरका पटके गुण्डा पक्राउ, साथमा दुई साथीहरू पनि

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले डकैती र अपहरणको अभियोगमा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेता एवम् पटके गुण्डा २६ वर्षीय कुशल पाण्डेलाई पक्राउ गरेको छ ।
पाण्डेलाई बुधबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख (एसपी)नारायणप्रसाद चिमरियाले बताए । पाण्डेकै योजनामा अपहरण र डकैती भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पत्ता लागेको छ । पाण्डेको कोठाबाट डकैती गरिएको नगद १ लाख ५० हजार पनि बरामद भएको एसपी चिमोरियाले बताए । अपहरण तथा डकैती प्रकरणमा पक्राउ परेका पाण्डे यसअघि तीन वटा अपराधमा पक्राउ परेका पटके पनि हुन् ।
विराटनगर महानगरपालिका–११ घर भएका पाण्डेविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अपहरण र डकैतीमा संलग्न दुईजना गत आइतबार नै पक्राउ परिसकेका छन् ।
विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका छन् ।
उनीहरूमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनापछि वाईसीएल नेता पाण्डे फरार रहेका थिए । एसपी चिमोरियाले प्रहरी टोली परिचालन गरेर पाण्डेलाई पक्राउ गरि कारबाहीको दायरमा ल्याएका छन् ।
आफूलाई प्रहरी बताउने तीनजनाको समूहले असार ११ गते बिहान ११ः१५ बजेतिर विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो । त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेको हो ।
मोटरसाइकल र स्कुटरमा रहेका तीनजनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पु¥याएर रकम लुटपाट गरी उनलाई छाडिदिएको थियो । विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपियाँ लिएर बैंकमा जम्मा गर्न जाँदै विक्रम अपहरणमा परेका थिए ।
अपहरण गरेर साथमा भएको रकम डकैती गरेपछि त्यो समूहले उनलाई छाडेको थियो । ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नुछ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए । त्यसपछि एकान्तस्थलमा पु¥याएर लुटपाट गरिएको थियो ।
हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले विक्रमको साथमा भएको रकम लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
‘यो घटनाको मुख्य योजनाकार कुशल पाण्डे हुन् । पाण्डेले योजना बनाएपछि अरु दुई जनाले सहयोग गरेको देखिन्छ । घटनापछि उनी भागिरहेका थिए । पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ । थप कुरा अनुसन्धानबाट खुल्दै जान्छ,’ एसपी चिमोरियाले बताए ।
घटनामा पाण्डेले प्रयोग गरेर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी चिमरियाले बताए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया