काठमाडौंमा पिस्तोलसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार विज्ञप्ति जारी गरेर परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले कटुवा पिस्तोल एक थान, खुकुरी, म्यागेजिन, रेडियो सेट, मोबाइल लगायतका सामग्रसहित दुई जनालाई पक्राउ गरेको जनाएका छन् ।
काठमाडौंको तिलगंगाबाट हतियारसहित पक्राउ पर्नेहरूमा महोत्तरी घर भएका २९ वर्षीय सुरेशकुमार राम र २६ वर्षीय दिनेशकुमार राम रहेका छन् ।
उनीहरूको कोठाबाट किटक्याट लेखिएको बट्टाभित्र लुकाईछिपाई राखेको अवस्थामा पिस्तोलसहितका सामग्रीहरू बरामद भएको एसपी बोहराले बताए ।
Published : Tuesday, 2025 July 1, 9:56 am
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया