भालुबाङ प्रहरीद्वारा गढवाका खानलाई पक्राउ, किशोरी करणी गरेको अभियोग

मसुरिया । जिल्ला प्रहरी कार्यालय, दाङले गढवा गाउँपालिका वडा नं. ५ का मोहम्मद साहिल खानलाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका–५ बस्ने खानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

मोहम्मदले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले खानलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, नक्सालबाट सोमबार जारी बुलेटिनमा उल्लेख छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2025 June 30, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया