छ वर्षीया बालिकालाई अपहरण, करणी र हत्याको अभियोगमा दुई जना पक्राउ

बर्दिबास । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले ६ वर्षीया बालिका गुलाप्सा भन्ने गुलावसा खातुनको अपहरण, बलत्कार र हत्याको फरार अभियुक्त ६० वर्षीय राजकिशोर साह र ५१ वर्षीया सुशीलादेवी साहलाई पक्राउ गरेको छ ।
राजकिशोरका २६ वर्षीय छोरा अरुणकुमार साहले गुलावसालाई २०७७ मंसिर ७ गते अपहरण गरेर बलत्कार गरी हत्या गरेर झाडीमा फालेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बाराको कलैया नगरपालिका वडा नं. १४ घर भई हाल महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १४ शुभम बस्तीमा डेराी गरि बस्ने वष ६ की गुलाप्सा आफू बस्ने गरेको घरको कोठाबाट निस्की चकलेट खरिद गर्न गएको अवस्थामा बेपत्ता भएकी थिइन् ।
खोजतलाश गर्ने क्रममा २०७७ मंसिर ९ गते राति १ बजेतिर बर्दिबास नगरपालिका वडा नं. १४ स्थित झाडीमा गुलावसा खातुनको शव भेटिएको थियो । बर्दिवास नगरपालिका वडा नं. १४ बस्ने राजकिशोर साहको छोरा २६ वर्षीय अरुणकुमार साहले ललाई फकाई आफ्नो कोठाभित्र लगेर बालिकाको हात, खुट्टा बाँधेर जवरजस्ती करणीपछि कर्तव्य गरि हत्या गरेर बोराभित्र राखेर झाडीमा लागेर फालेको महोत्तरी प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अभियुक्त अरुणकुमार साहलाई महोत्तरी जिल्ला अदालतको २०७७ मंसिर ५ गतेको आदेशले पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको छ ।
सोही मुद्दामा फरार रहेका प्रतिवादी दुई जनालाई भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘वारदात पश्चात फरार रहेका प्रतिवादीहरू लुकीछिपी भारततर्फ बस्ने गरेको र निज प्रतिवादीहरू आफन्तलाई भेटघाट गर्नको लागि भारतीय सीमा क्षेत्र जलेश्वर नगरपालिका वडा नं. १२ नैन्हीस्थित आएको भन्ने गोप्य सूचनाको आधारमा असार १३ गते नियन्त्रणमा लिएर महोत्तरी जिल्ला अदालतमा पेश गरिएको छ ।
पक्राउ परेका ६० वर्षीय राजकिशोर साह र ५१ वर्षीय सुशीलादेवी साह गौशाला नगरपालिका वडा नं. ५ निवासी हुन् । उनीहरू पति र पत्नी हुन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया