चाँदनीको हत्या गरी फरार अभियुक्त फैयद मिया ३ वर्षपछि पक्राउ

ईशनाथ । जिल्ला प्रहरी कार्यालय, रौतहटले २० वर्षीया पत्नी चाँदनी खातुनको हत्या गरेर फरार रहेका अभियुक्त पति फैयद मिया मन्सुरीलाई पक्राउ गरेको छ ।

चाँदनीका पति मन्सुरीले मिति २०७८ माघ २६ गते बिहान १०ः४५ बजेको घाँटीमा सलले बेरी मुखमा सल कोची कर्तव्य गरी हत्या गरेर फरार रहेको रौतहटका प्रहरी प्रवक्ता (डीएसपी) दीपककुमार रायद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँ खेतमा सोही नगरपालिकाको वडा नं. ७ घिउरा टोल बस्ने चाँदनीको घाँटीमा सलले बेरी मुखमा सल कोची कर्तव्य गरी हत्या गरेको अवस्थामा शव भेटिएको विज्ञप्तिमा उल्लेख छ ।

शव फेला परेपछि घटनाका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा हत्याको घटनामा चाँदनीका पति फैयाद मिया मन्सुरी नै संलग्न रहेको प्रहरीले फेला पारेको विज्ञप्तिमार्फत जनाइएको छ ।

मन्सुरीाई असार १३ गते पक्राउ गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रायले बताएका छन् ।

Published : Monday, 2025 June 30, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया