गायिकाद्वय एलिना र समीक्षाको अभियानको प्रशंसा, प्रधानमन्त्रीले भने– साहसी छोरीहरू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गायिका द्वय एलिना चौहान र समीक्षा अधिकारीले चलाएको अभियानको प्रशंसा गर्दै साहरी छोरीहरू भनेर हौसला बढाएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले गायिकाद्वय एलिना र समीक्षाको तस्बिर सार्वजनिक गर्दै प्रशंसा गरेका हुन् । ओलीले सामाजिक सञ्जालमा चरित्रहत्या गरेर पीडामा रमाउनेहरूलाई एलिना र समीक्षाले चलाएको अभियानले सबक सिकाउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ ।’
‘समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो,’ ओलीले भने, ‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’
गायिकाद्वय एलिना र समीक्षालाई सामाजिम सञ्जालमा व्यक्तिगत चरित्रहत्या हुने गरेर गालीगौज र कमेन्टहरू हुन थालेपछि उनीहरूले ती कमेन्ट र फेसबुक तथा तस्बिरलाई सार्वजनिक गर्न थालेका छन् ।
विशेष गरेर विदेशमा बस्ने नेपालीहरूले निकै निच र तल्लोस्तरको कमेन्ट गरेर सामाजिक सञ्जालमा अराजकता फैलाइरहेका छन् । आफूलाई सभ्य ठान्ने त्यो कमेन्टे गर्नेहरूले गायिकाद्वय एलिना र समीक्षालाई पीडा दिएर रमाइरहेका बेला कमेन्ट सार्वजनिक गर्ने कार्यले निकै राम्रो प्रशंसा पाएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया