शीतगंगामा बन्चरो प्रहार गरी भाइको हत्या

सन्धिखर्क । अर्घाखाँचीमा दाजुले बञ्चरो प्रहार गरी भाइको हत्या गरेका छन् ।

बिहीबार आपसमा भएको झगडाले उग्ररूप लिएपछि शीतगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले बताए ।

बिहीबार राति दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले शुक्रबार बिहान १ बजे मृत घोषणा गरेको थियो ।

दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद भइरहेको थियो । भाइलाई बञ्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा बिहीबार राति नै नियन्त्रणमा लिएको छ ।

Published : Friday, 2025 June 27, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया