गर्न नहुने हर्कत गरेपछि रास्वपाका समानुपातिक सांसदका उम्मेदवार पौडेल पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध गालीगलौज र आपत्तिजनक अभिव्यक्ति लेख्ने तथा बोल्ने गरेको अभियोगमा साइबर ब्यूरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार विष्णु पौडेललाई पक्राउ गरेको छ ।
बिहीबार साइबर ब्यूरोको टोलीले पौडेललाई चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । ब्यूरोका अनुसार पौडेललाई विद्युतीय अपराधको कसूरमा पक्राउ गरिएको छ ।
पौडेल रास्वपाको चितवन क्षेत्र नं.३ का क्षेत्रीय सभापति पनि हुन् । प्रधानमन्त्री ओलीसहित कांग्रेस, एमाले लगायतका दलका नेताहरूविरुद्ध तल्लोस्तरमा पुगेर सामाजिक सञ्जालमा गालीगलौज गर्ने कार्य गरेका थिए ।
रास्वपाले पौडेललाई प्रतिनिधि सभाको समानुपातिक सांसदको बन्द सूचीमा राखेर उम्मेदवार बनाएको छ ।

Published : Thursday, 2025 June 26, 4:39 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया