चार जना सचिवहरूको सरुवा

काठमाडौं । सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको बताए ।

सचिव माहादेव पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रक कार्यालयमा महालेखा नियन्त्रक पदमा सरुवा भएको छ ।

सचिव डा.खगेन्द्रप्रसाद सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा सरुवा भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2025 June 25, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया