एसपी खतिवडाको जिम्मेवारी खोसियो, एसएसपीको नेतृत्वमा छानविन समिति गठन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ ।

एसपी खतिवडाले आर्थिक आचरणविरूद्धको काम गरेको आरोप लागेपछि खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा काज सरूवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता (डीआइजी) विनोद घिमिरेले बताएका छन् ।

एसपी खतिवडाको जिम्मेवारी खोसिएपछि सप्तरी प्रहरी प्रमुखको जिम्मेवारीसहित एसपी गौतम केसीलाई खटाइएको डीआईजी घिमिरेले बताएका छन् ।

एसपी खतिवडामाथि छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

Published : Tuesday, 2025 June 24, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया