लुम्बिनी सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय भएको छैन, बजेट पास हुन्छ : कांग्रेस

मसुरिया । नेपाली कांग्रेस, संसदीय दल, लुम्बिनी प्रदेशले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको भन्दै भ्रामक समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार सम्पन्न संसदस्य दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक जमुना ढकालद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ, ‘बैठकमा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको भन्दै भ्रामक समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षणसँगै खेदव्यक्त गर्दछौं ।’
‘प्रेस तथा सञ्चार क्षेत्रप्रति हाम्रो सम्मान र पूर्ण विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यथार्थबिना तथ्य बिना सार्वजनिक गरिने समाचारले गम्भीर मात्रै हैन पत्रकारिताको सिद्धान्तमा प्रश्न उठ्न सक्छ । अविश्वास सिर्जना हुन्छ । त्यसतर्फ सचेत रहन सञ्चारकर्मी साथीहरूलाई आग्रह गर्दछौं ।’
कांग्रेस प्रमुख सचेतक ढकालले भनेकी छिन्, ‘कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीज्यूहरूप्रति प्रदेश सभा सदस्यहरूले अपेक्षा राख्नु, गुनासो गर्नु, असन्तुष्टि जनाउनु बैठकमा स्वभाविक रहन्छन् ।’
‘मन्त्रीहरू फिर्ता बोलाउने भन्ने विषयमा कुनै पनि छलफल र निर्णय भएको सत्य हैन,’ प्रमुख सचेतक ढकालले भनेकी छिन्, ‘नेपाली कांग्रेस वर्तमान सरकारलाई सुदृढ, व्यवस्थित, बलियो तथा सशक्त बनाउन पूर्णरुपमा कटिबद्ध रहेको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस लोकतान्त्रिक मूल्य र विधिहरूको उच्च सम्मान गर्ने पार्टी हो । बजेटसँग जोडिएर सरकारमा आएका समस्याहरूको लोकतान्त्रिक विधि र मान्यताबाट सबैको सम्मान हुने गरि समाधानको पहल कांग्रेसले गरिरहेको छ र गर्नेछ ।’
‘वर्तमान सरकारको प्रमुख सत्तारुढ दलको हैसियतले सरकारलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने कार्यमा नेपाली कांग्रेस पूर्णरुपमा प्रतिबद्ध छ,’ कांग्रेसले भनेको छ, ‘हिजो, आज र भोलि पनि लोकतान्त्रिक र स्थायित्वको यात्रामा नेपाली कांग्रेस अग्रसर रहने कुरा स्पष्ट पार्न चाहन्छौं ।’
हुती नभएकी एकजना समानुपातिक ‘टीके’ सांसदले आफू निकटका केही सञ्चारमाध्यमहरूलाई गलत समाचार लेखाएर अनुशासनहीन हर्कत गर्न खोजेका बेला कांग्रेस संसदीय दलले सबै भ्रमहरूलाई खारेज गरिदिएको छ । लुम्बिनी कांग्रेसकी एकजना ‘टीके’ सांसद डिप्रेशनमा जान लागेकाे आराेप छ । औकात र हुती नभएकी ती सांसदले अनुशासनहीन गतिविधि गरेमा कारबाही गर्नु पर्ने माग पनि उठेको छ ।

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया